newskoseli.Com

श्रीमान् खाडीमा, नयाँ बसपार्कस्थित होटलमा परपुरुषसहित श्रीमतीको लास

फाइल तस्बिर

राजधानीको नयाँ बसपार्कस्थित एक हाेटलमा महिला र पुरुष मृत भेटिएका छन् । गोंगबु बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा ३७ वर्षीय यमबहादुर मगर र ३० वर्षीया सविना बजगाईं मृत भेटिएका हुन् ।

घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले बताएका छन् । ‘कट्टु मात्र लगाएको अवस्थामा मकवानपुरकी महिलाको शव खाटमुनि र चितवनका पुरुषको शव खाटमाथि भेटिएको थियो, कसरी मृत्यु भयो भन्नेबारे छानविन भइरहेको छ’– उनले भने ।

उनीहरु राति ११ बजे होटल पुगेर बसेको र बिहान खान खान बोलाउँदा पनि ढोका नखोलेको प्रहरीले जनाएको छ । दिउँसो १ बजेसम्म पनि उनीहरु बाहिर नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा दुवै जना मृत भेटिएका थिए ।

उक्त कोठाबाट मदिराका बोतलहरु पनि बरामद भएको तर घटनास्थल वरीपरी विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएकाले उनीहरुको मृत्यु कसरी भयो भन्नेबारे खुल्न नसकेको अनुसन्धान अधिकृतको भनाइ छ । दुवै विवाहित भएकाे र महिलाका श्रीमान् भने वैदेशिक रोजगारीकाे सिलसिलामा खाडी मुलुकमा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर