newskoseli.Com

विप्लव नेकपाका ‘जनसरकार’ प्रमुख पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सदस्य एवं सो पार्टीसम्बद्ध जिल्ला ‘जनसरकार’ प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

सुनवल नगरपालिका– १३, बडेरास्थित घरबाटै बिहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान थालिएको उनले बताए । पश्चिम नवलपरासीमा विप्लव नेकपाका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

विप्लव नेकपाका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले भने विप्लव नेकपा ‘परित्याग’ गरेको भन्दै धरौटीमा छुट्दै समेत आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर