newskoseli.Com

भदौ ११ मा बौद्धमार्गीको पञ्चदान महापर्व

बौद्ध धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व ‘पञ्चदान महापर्व’ भदौ ११ मा भव्यरुपमा आयोजना गरिने भएको छ । कार्यक्रमको आयोजना सामूहिक पञ्चदान कार्यक्रम मूल समिति, २०७६ गर्ने भएको हो ।

‘परम्परागत बौद्ध नखः पञ्चदान भव्यताका साथ मनाऔं, सांस्कृतिक परम्परा संरक्षण गरेर हाम्रो पहिचान जोगाइराखौं’ भन्ने मूल नाराका साथ सामूहिक पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ । समितिका संयोजक मञ्जुश्रीरत्न बज्राचार्यका अनुसार गुरु बज्राचार्य, गुरु माँ र शाक्य भिक्षुको वृहत् सहभागितामा काठमाडौंको ठमेलस्थित भगवानबहालबाट बिहान ८ बजे पर्व सुरु हुने छ ।

‘सत्ययुग’ मा दिपकर बुद्धलाई पहिलो पटक पञ्चदान गरिएको दिनको सम्झनामा भदौ ११ मा हरेक वर्ष पञ्चदान पर्व मनाउने प्रचलन नेवार समुदायमा रहँदै आएको छ । बज्राचार्य तथा शाक्य भिक्षुलाई ‘भगवान् बुद्ध’ का रुपमा स्वागत गर्दै पञ्चदान दिने र आशिर्वाद ग्रहण गर्ने चलन छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख, विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यको पनि सहभागिता हुने सो कार्यक्रम विभिन्न ४५ वटा बहाल, बही, चोक, सडक तथा गल्ली हुँदै बेलुका ५ः३० बजे मुसुँबहालस्थित ब्रम्हटोलमा पुगेर समापन हुनेछ । काठमाडौंका बौद्ध बिहारमा भगवान् बहाः, झवाबहाः, महाबुबहाः, इटुम्बहाल, श्रीखण्डमूल महाबिहार, लायकुबहाः, सबलबहाः प्रमुख बहाल हुन् भने सो दिन श्रीघ बिहार नघलमा जलपान, इटुम्बहाल तथा मुसुँ बहालमा क्षीरभोजन गरिने व्यवस्था गरिएको समितिले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर