newskoseli.Com

कुकुरलाई सडकमा दिसापिसाब गराउनुहुन्छ ? हाेस् गर्नाेस्, महानगरले कठालाे समाउला !

के तपाईंले आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नोस् । अन्यथा, घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुरधनीविरुद्ध काठमाडौं महानगरपालिकाले कारबाही गर्ने गरी तयारी गरेको छ ।

मानवजीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारबाही गर्न तयारी थालेको हो । कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि महानगरको वातावरण व्यवस्थापन विभागले आग्रह गरेको छ ।

कुकुरको दिसापिसावले मानवजीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घरपालुवा कुकुरलाई घरैमा शौच गराउन आग्रह गरिएको महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए । एक अध्ययन अनुसार एउटा कुकुरले वर्षको औसत २ सय ७४ पाउन्ड (एक लाख २४ हजार २ सय ८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा २ लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् । एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ ।

कुकुरको दिसाबाट ह्विपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अन्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ । कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । हाल काठमाडौं महानगरपालिकामा करिव ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर