newskoseli.Com

छुट्ने होहल्लाबीच रवि लामिछानेसहित ३ जना थुनामै, आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

पत्रकार शालिकराम पुडासेनीको आत्महत्या प्रकरणमा थुनामा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका ३ जना आइतबार छुट्ने चर्को होहल्ला मच्चाइए पनि उनीहरू छुटेनन् । प्रहरीले प्रारम्भिक अनुसन्धान सकेर सरकारी वकिलमार्फत आइतबार उनीहरूविरूद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको छ ।

आरोपित रवि लामिछाने, युवराज कँडेल र रूकु कार्की भनिने अस्मितामाथि अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अध्ययनपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा पेस गरेको हो ।

मुद्दा दर्ता भएको पुष्टि गर्दै उनीहरूमाथि बयानको क्रम सुरु भएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले बताएका छन् । बयान सुरू भएको र आइतबार अपराह्नसम्म कसको बयान पहिले लिने भन्ने टुंगो लागिनसकेको उनले बताएका छन् ।

सरकारी वकिलको मागको पक्ष–विपक्षमा अदालतमा थुनछेक बहस हुनेछ । सो बहसको निर्ष्कर्षपछि अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक आदेश दिनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर