newskoseli.Com

राजधानीमै झुन्डिएर मरे इन्जिनियरिङका विद्यार्थीसहित दुई युवा

मध्यपुरथिमि नगरपालिका– ७, धुन्चेपाखा, भक्तपुरमा आइतबार एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । करिव २५ वर्षीय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

इन्जिनियरिङका विद्यार्थी अविशेक बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ र घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए ।

त्यसैगरी, आइतबारै चाँगुनारायण नगरपालिका– ५, छालिङको जङ्गलमा करिव ३०–३५ वर्षका मङ्गोलियन अनुहारका एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । शव झुन्डिएको अवस्थामा फेला परेको र पहिचान नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर