newskoseli.Com

प्रचण्डको अध्यक्षतामा सोमबार पहिलो पटक नेकपाको सचिवालय बैठक

पार्टी एकता भएको पन्ध्र महिनापछि पहिलो पटक अध्यक्ष प्रचण्डको आह्वान र अध्यक्षतामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने सो बैठकले साङ्गठनिक एकताका बाँकी कामहरु र अन्य निर्णयहरू गर्ने बताइएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको बैठक डाकेका हुन् ।

प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर बाँकी विषय टुङ्ग्याउने सहमति गरिएको थियो । नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका कार्यसूचीमा निर्णय हुन बाँकी छ ।

सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनले भने– ‘बैठकमा सहमति जुटेमा यी विषयमा सोमबार नै टुङ्गो लाग्नेछन् ।’ चिकित्सकको सल्लाहअनुसार स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली ७–१० दिन त्यहाँ रहने भन्दै पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी अघिल्लो बैठकमा भएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर