newskoseli.Com

रवि लामिछानेसहित तीनै जना रिहा, अदालतले माग्यो ५ लाख र ३ लाख धरौटी

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको क्रममा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीनै जना धरौटीमा रिहा भएका छन् ।

३० साउनमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई ५ लाख र युवराज कँडेललाई ३ लाख रूपैयाँ धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारिखमा रिहा गर्न जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जना कानुन व्यवसायीले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

चितवनस्थित कंगारु होटलमा २० साउनमा मृत फेला परेका पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियोमा लामिछाने, कँडेल र कार्कीकै कारण आफू मर्न बाध्य भएको उल्लेख गरेको पाइएपछि उनीहरु पक्राउ परेका थिए ।

त्यसपछि चितवन प्रहरीले १० दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेस गरेको प्रतिवेदनको आधारमा जिल्ला अदालतमा अभियोगपत्र दायर भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर