newskoseli.Com

पहिरोले घर पुरिँदा सुतिरहेका ३ आमाछोरीको मृत्यु

भेरी नगरपालिका– २, तिमिले, जाजरकोटस्थित दलबहादुर वलीको घरलाई पहिरोले पुरिदिँदा उनकी श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

शनिबार मध्यरातपछि (आइतबार बिहान पौने २ बजे) पहिरोले घर पुर्दा वलीकी ३२ वर्षीया श्रीमती पार्वती, नौ वर्षीया छोरी मोतिकला र तीन वर्षीया छोरी धनसरा वलीको घरभित्रै पुरिएर मृत्यु भएको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएका छन् ।

पार्वतीका श्रीमान् बलबहादुर भने घरमा नसुती अन्यत्रै सुतेकाले बाँच्न सफल भएको जानकारी जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले दिएका छन् । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिइसकेको र सशस्त्र प्रहरी टोली पनि खटिसकेको खत्रीले बताए । घटनास्थलमा उद्धारकार्य जारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर