
चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेका छन् । भरतपुर महानगरपालिका– २, आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत हुन नसकेका र घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।
यस्तै, आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सीमानामा पर्ने नमस्ते चोकमा अर्का एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको खबर राससले प्रेषित गरेको छ ।