newskoseli.Com

रवि लामिछाने पुगे उच्च अदालत, जिल्ला अदालतको आदेशलाई दिए चुनौती

चितवन जिल्ला अदालतको आदेश बदर गरिपाऊँ भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन् । लामिछाने मंगलबार उच्च अदालतमा पाटनको हेटौंडास्थित इजलासमा पुगेर निवेदन दर्ता गरेका हुन् ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाऊँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको अदालतका रजिष्ट्रार केशर अर्यालले जानकारी दिएका छन् । लामिछानेको यो निवेदनमाथि बुधबार नै बहस हुने अर्यालले जनाएका छन् ।

चितवनस्थित कंगारु होटलमा २० साउनमा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्यामा मुछिएका लामिछाने, सञ्चारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई  प्रहरीले ३० साउनमा काठमाडौंबाट पक्राउ गरेकाे थियाे । आत्महत्यामा दुरुत्साहन गरेको भन्दै चितवन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तीनै जनालाई चितवन जिल्ला अदालतमा मुद्धा अघि बढाएको छ ।

जिल्ला अदालतले ९ भदौमा लामिछानेलाई ५ लाख र युवराज कँडेललाई ३ लाख रूपैयाँ धरौटीमा तथा अस्मिता कार्कीलाई साधारण तारिखमा रिहा गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर