newskoseli.Com

मेलम्ची आयोजनामा झडप : ६ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइफायर

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाइफायर समेत गरेको छ ।

झडपमा दुई प्रहरी र दुई पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिएका छन् । झडपका क्रममा प्रहरीले ६ राउन्ड अश्रुग्यास तथा २ राउन्ड हवाइफायर गरेको छ भने पीडितले पनि ढुङ्गामुढा प्रहार गरेका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाका सवारी साधनमाथि ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछाने दबवी गरे ।

प्रहरीले तोकेको घेरा आन्दोलनकारीले नाघ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा आन्दोलनकारीले एक्कासि ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाइफायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो ।

अम्बाथानमा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्यलगायतको टोलीसहित एकै पल्ट जाने भनिए तापनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुङ्गामुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर