newskoseli.Com

‘गाई हत्या छानबिन टोली’ घटनास्थलमा, समन्वय समितिका संयोजकलगायतसँग छलफल

सुर्खेतको कटुकामा भएको गाई हत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नुका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिए । बुधबार साँझ दैलेख आएको टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरेको थियो ।

यसअघि नेपालगञ्जबाट पनि सात जनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरिसकेको थियो । जिल्ला समन्वय समितिले उन्नत गाई पठाइदिन भन्दै पठाएको ‘आधिकारिक पत्र’ बारे पनि अहिले भिन्न–भिन्न कोणबाट बहस हुन थालेको छ । किसानलाई निःशुल्क उन्नत गाई उपलब्ध गराउने निर्णयसहित समितिले भदौ ८ गते पत्र पठाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर