newskoseli.Com

स्वदेश फर्कंदै प्रधानमन्त्री ओली : कत्तिको भयो स्वास्थ्यलाभ ?

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार पूरा गरेर शुक्रबार स्वदेश फर्कंदैछन् । प्रधानमन्त्री ओली सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट स्वदेश फर्कने जानकारी उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले दिएका छन् ।

प्लाज्माफेरिसिस विधिबाट मिर्गौलासम्बन्धी एन्टिबडीको उपचारका लागि भदौ ५ मा ओली सिंगापुरतर्फ गएका हुन् । करिव बाह्र वर्षअघि भारतमा ओलीकाे मिर्गौला प्रत्याराेपण गरिएकाे थियाे । अहिले त्यसैकाे निरन्तरतामा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भएको हो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक ‘टेलिप्रिजेन्स’ प्रविधिमार्फत मन्त्रिपरिषदका सदस्यसँग सरकारका कामकाजबारे छलफल गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि प्रधानमन्त्रीसँगै फर्कनेछन् । प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् ।

उनीसँगै सिंगापुर गएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने फर्किसकेका छन् । ओली यसअघि सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरेर साउन २७ मा स्वदेश फर्किएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर