newskoseli.Com

आफ्नै शरीरमा आगो लगाएर भारतीय नागरिकले नेपालमा किन गरे आत्महत्या ?

अर्जुनधारा नगरपालिका, झापामा एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् ।

अर्जुनधारा– ६, महानन्दचोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने २३ वर्षीय भारतीय नागरिक विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरमनले फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाइलेटमा पसी ढोका बन्द गरेर आफ्नो शरीरमा आगो लगाएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको हो ।

उनले यसरी आफ्नै शरीरमा आगो लगाउनुपर्ने कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर