newskoseli.Com

‘भिडियो कन्फ्रेन्स’ बाटै कैदी–बन्दीको बयान लिइने : कारागारमा ‘कन्फ्रेन्स हल’ तयार

मुलुकको सबैभन्दा पुरानो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फ्रेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदी–बन्दीलाई अदालतमा उपस्थित नै नगराई ‘भिडियो कन्फ्रेन्स’ मार्फत वकिलले बयान लिन पाउने गरी ‘कन्फ्रेन्स हल’ निर्माण गरिएको हो ।

भिडियो कन्फेन्सिङ सेवाको सुरुआतसँगै सम्बन्धित कैदी–बन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने केन्द्रीय कारागारका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए । ‘सबै अदालतमा उक्त सेवा सुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फ्रेन्स सेवाको सुरुआत हुन्छ’– उनले भने ।

सबै कारागारमा सीसी क्यामरा र विद्युतीय हाजिरको सुरुआत गरिसकेको कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का (सुनसरी), संखुवासभा, तुलसीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फ्रेन्सिङ सेवा जडान गरिसकेको छ । सबै कारागारमा भिडियो कन्फ्रेन्स सेवा जडान गर्ने विभागको योजना रहेको विभागका सूचना अधिकारी बासुदेव घिमिरेले बताए ।

वि.सं. १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल ३ हजार १ सय २९ कैदी–बन्दी रहेका छन् । उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल छन् । केन्द्रमा १ हजार ९ सय १०, भद्रमा ८ सय ३२ र महिला जेलमा ३ सय ७८ महिला तथा ४ नाबालक रहेको जानकारी सापकोटाले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर