newskoseli.Com

कतै भारी र कतै हल्का वर्षा हुने : शनिबारदेखि सोमबारसम्मको मौसमी पूर्वानुमान

मनसुनी न्यूनचापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय रहने मौसमविद्को भनाइ छ । शनिबार र आइतबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘सोमबारदेखि मनसुन अझै सक्रिय हुँदै जानेछ’– मौसमविद् बासीले भनिन् । हाल देशभरि आंशिकदेखि सामान्य बदली भई पश्चिमी भूभागका केही स्थानका साथै पूर्वी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । राति देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर