newskoseli.Com

२ पेस्तोल र ४ राउन्ड गोलीसहित राजधानीबाट ७ जना पक्राउ

गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले राजधानीबाट २ वटा पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले शनिबार अपराह्न साढे ४ बजे बालाजु, माछापोखरीबाट उनीहरुलाई पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले पुष्टि गरेका छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने तयारी काठमाडौं प्रहरीले गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर