newskoseli.Com

वर्ल्डलिंकले ल्यायो आकर्षक ‘दसैं–तिहार अफर’

नेपालीहरुको महान् चाड बडादसैं र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले जम्मा २५,९९० रुपैयाँमा १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टिभी र एक वर्ष निःशुल्क नेटटिभी सेवा पाउन सक्नेछन् । यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३, ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

यसका अतिरिक्त वर्ल्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचरमार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ । साथै, सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुने गरी २ सय ५० रुपैयाँ नगद ब्यालेन्स प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर