newskoseli.Com

चिनियाँ विदेशमन्त्री आइपुगे काठमाडौं : यस्ता छन् भेटघाट र छलफलका कार्यसूची

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास बैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरे ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने उनको कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नछन् ।

प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनुका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुनेछ । पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धि–सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने छ । अ

र्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वार्तापछि शिक्षा तथा स्वाथ्य क्षेत्रमा सहयोगसम्बन्धी विनिमयपत्र ‘लेटर अफ एक्सचेञ्ज’ मा हस्ताक्षर हुने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर