newskoseli.Com

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा, कस्तो छ उनको अवस्था ?

जनयुद्धकालकी चर्चित माओवादी नेतृ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा घाइते भएकी छन् ।

हाल समाजवादी पार्टी नेपालकी नेतृ रहेकी यमी दुर्घटनामा परेर घाइते भएको पूर्वप्रधानमन्त्री भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिएका छन् । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उनको उपचार भैरहेको छ ।

‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको हो,’ पोखरेलले भने– ‘अवस्था सामान्य छ ।’ बल्खु चोकमा ‘अन–टेस्ट’ मोटरसाइकलले ठक्कर दिँदा यमी घाइते भएको उनले बताए । २४ घन्टा डाक्टरको ‘अब्जर्भेसन’ पछि यमी डिस्चार्ज हुने पोखरेलले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर