newskoseli.Com

दुई वडाध्यक्षबीच कुटाकुटपछि एक वडाध्यक्ष पक्राउ

आफूजस्तै अर्का वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका– ८, ओखलढुंगाका वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।

लुइँटेलले असार ३० मा चम्पादेवी गाउँपालिकाको कार्यालय, ताप्केडाँडामा सोही गाउँपालिका– ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै थापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् ।

उनले पटक–पटक धम्की दिँदै आएको र पछिल्लो पटक ०७६ असार ३० मा आफूमाथि कार्यालयमै आक्रमण गरेको थापाले बताएका छन् । लुइँटेलको कुटपिटपछि भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानुनी उपचार खोजेको उनको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर