newskoseli.Com

६५ वर्षिय वृद्धलाई कसले गिँड्यो खुकुरीले ?

फाइल तस्बिर

धनुषामा धारिलो हतियार (खुकुरी) प्रहार गरी आइतबार साँझ एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका– ९, कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो ।

अज्ञात व्यक्तिले छुरा (खुकुरी) प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी करिव सवा ८ बजे तरकारी किनेर घर फर्किंदै गर्दा मिथिला बिहारी नगरपालिका– ८, कचुरी सडकखण्डमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले शर्माको घाँटीमा छुरा प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगी प्रकृति मुचुल्का उठाएर मृतकको शव परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । शर्मालाई कसले र किन हत्या गरेकोबारे प्रहरीले अनुसन्धान थालेको खबर राससले ष्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर