newskoseli.Com

पाइपलाइनबाट आउन थाल्यो पेट्रोलियम : खुशीयालीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनका अवसरमा इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

घटेको मूल्य मंगलबार अपराह्न १२ बजेदेखि नै लागू भैसकेकाे निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।

निगमले मंगलबारैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याएको छ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्ब रूपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर