
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई सरकारले पक्राउ गरेको छ ।
एमबीबीएस अध्ययनरत प्रकाशलाई चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । चन्दसहित १५ जना विद्यार्थीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिनदेखि आन्दोलनरत छन् । आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नुका साथै आन्दोलनले उग्र रुप लिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले जनाएका छन् ।