newskoseli.Com

विप्लव नेकपाका अर्का नेता पक्राउ : प्रहरी भन्छ– ‘मोस्ट वान्टेडको सूचीमा थिए’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ब्युरोस्तरीय अर्का एक नेतालाई प्रहरी पक्राउ गरेको छ । क्षेत्रीयस्तरको नेतृत्व सम्हालिरहेका भनिएका पूर्णबहादुर वलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

बासगढी नगरपालिका– ५, ब्यारेल टोल, वर्दियाका ४५ वर्षीय वलीलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । विस्फोटक पदार्थसम्बन्धी कसुरमा फरार रहेका वलीलाई पक्राउ गरिएको दावी प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले गरेका छन् । नेता वलीमाथि आवश्यक ‘कारबाही’ का लागि प्रक्रिया अघि बढााइएको प्रहरीको भनाइ छ । वली प्रहरीको सर्वाधिक खोजी (मोस्ट वान्टेड) को सूचीमा रहेको प्रहरी उपरीक्षक बाँस्तोलाले बताएका छन् ।

त्यसैगरी, प्रहरीले सोही पार्टीकी बर्दिया जिल्ला इन्चार्ज मिना धामी चलाउने र ‘मोस्ट वान्टेड’ कै सूचीमा रहेका भनिएका अर्का कार्यकर्ता लोकेन्द्र जैसीलाई पनि बिहीबार साँझ पक्राउ गरेको छ । जैसी उक्त पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्कितकारी) का नेता हुन् । उनीहरुविरुद्ध ‘चन्दाआतंक’ लगायतका मुद्दामा कारबाही चलाइएको प्रहरी उपरीक्षक बाँस्तोलाले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर