newskoseli.Com

चर्चित थबाङमा भीषण पहिरो : घरै पुरिँदा ६ जनाको मृत्यु

नेपालको एउटा असाध्यै चर्चित स्थान अर्थात् रोल्पा जिल्लाको थबाङ गाउँपालिकाको वडा नं. २ स्थित छेर्लोबाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिएर ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका– २, छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा, श्रीकुमारीका ३८ वर्षीय श्रीकुमारीकै जेठाजू जय बुढा, उनकी श्रीमती र दुई छोरी गरी ६ जनाको मृत्यु भएको हो ।

बुढाकी ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घरको ठीक माथि रहेको सहिदमार्ग (सडक) भासिएर घरै पुर्ने गरी पहिरो गएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर