newskoseli.Com

भारी वर्षा र पहिरोको सम्भावना : यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भारतको मध्य प्रदेशको उत्तर–पश्चिमी भागमा एउटा न्यूनम्नचापीय प्रणाली अवस्थित रहेको र बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको महाशाखाको भनाइ छ ।

देशभर सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आगामी २४ घन्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने र मध्य तथा पूर्वी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२४ घन्टाबीच देशका केही भागमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा समेत सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसमी विवरणको जानकारी दिँदै महाशाखाले आइतबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना औंल्याएको छ ।

आइतबार राति देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ भने पूर्वी तथा मध्य भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार राति देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ भने केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही मध्य भूभागका धेरै स्थान तथा पूर्व र पश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मंगलबार पनि देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही मध्य तथा पूर्वका धेरै स्थान तथा पश्चिमका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर