
खानेपानी तथा सरसफाई मन्त्री विना मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा भर्ना भएकी छन् । पिसाबमा इन्फेक्सन देखिएपछि मन्त्री मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ अस्पताल पुगेर आफ्नी बुहारी समेत रहेकी मन्त्री मगरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री मगरको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।