newskoseli.Com

घरबेटीज्यूहरू ! बिजुलीको महशुलमा डेरावाल ठग्ने गर्नुभएको छ ? प्राधिकरणले समाउला नि !

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिएको विषयमा नेपाल विद्युत् प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने– ‘प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नेस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनोस् ।’

प्राधिकरणले २० युनिटसम्मको विद्युतमा ३० रूपैयाँ सेवा शुल्क लिएको छ भने प्रतियुनिट ३ रूपैयाँका दरले महशुल लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले ९० रूपैयाँ महसुल तिर्नुपर्छ । यस्तै, २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० रूपैयाँ र प्रतियुनिट ७ रूपैयाँका दरले लिने गरेको छ । यस आधारमा १२० रूपैयाँ महसुल तिर्नुपर्छ । यस्तै, ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ र प्रतियुनिट ८ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १०० रूपैयाँ र प्रतियुनिट १० रूपैयाँका दरले तिर्नुपर्छ । १ सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क १२५ रूपैयाँ र प्रतियुनिट ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क १५० रूपैयाँ र प्रतियुनिट १२ रूपैया तथा त्यसभन्दा माथि सेवा शुल्क १७५ रूपैयाँ र प्रतियुनिट १३ रूपैयाँका दरले तिर्नुपर्ने व्यवस्था छ ।

१५, ३०, ६० एम्पीयरमा कति ?

सो महसुल ५ एम्पीयर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । १५ एम्पीयर, ३० एम्पीयर र ६० एम्पीयरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर, सहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो आएको भन्दै प्राधिकरणले विद्युतमा अनावश्यक व्यापार नगर्न घरबेटीहरूलाई भनेको हो ।

घिसिङले भने– ‘प्राधिकरणले तोकेको भन्दा बढी दरमा महसुल असुल्नु गैरकानुनी हो, प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’ त्यस्तो व्यवहारले प्राधिकरणप्रति नै नागरिको धारणा गलत हुने भएकाले अनावश्यक व्यापार नगर्न र महसुल के–कति हो, सोही आधारमा मात्रै महसुल तिर्न घरबहालमा बस्नेलाई उनले आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर