newskoseli.Com

धानखेतमा अकस्मात बसे ४ हेलिकप्टर, ८ घन्टापछि उडे काठमाडौंतिर (फोटोफिचर)

मौसमी खराबीका कारण मंगलबार बिहान अकस्मात काभ्रेपलाञ्चोकमा अवतरण गरिएका ४ वटा हेलिकप्टर ८ घन्टापछि काठमाडौंका लागि उडे । पाँचखाल नगरपालिका– २, जोरपाटी र हर्सेमा आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर ८ घन्टापछि राजधानीतर्फ उडेका हुन् ।

लुक्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो । सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरका एक–एक हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर काभ्रेबाट केही घन्टामै काठमाडौंका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो ।

मौसमी खराबीकै कारण पाँचखालको ढुङ्गानाबेंसीमा अवतरण गरिएका हेलिकप्टर साँझ काठमाडौंका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर