newskoseli.Com

१ लाख धरौटीमा छुटे गृहमन्त्री बादलका भाइ नरेश थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाइ नरेश थापा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

दुई वर्षअघि राजधानीमा भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए । २०७४ असोज २३ मा घरबाट कार्यालयतर्फ जाँदै गर्दा शान्तिनगर (मिनभवन) मा गाडीभित्रै गोली प्रहार गरी गौचनको हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी थियो । समीरको फिरौती संकलन धन्दामा गृहमन्त्रीका भाइ नरेश थापा समेत संलग्न रहेको खुलेपछि उनी अनुसन्धानमा तानिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर