newskoseli.Com

प्रहरी नायव निरीक्षक नै घुससहित कर्‍याप्प, नापी सर्वेक्षक पनि समातिए

महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिए वापत पन्तले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । घुसवापतको ५ हजार रुपैयाँसहित कागेश्वरी मनोहरा नगरपालिका– ५ स्थित एक खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको आयोगले बिहीबार जानकारी दिएको हो ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ । यस्तै, नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको छ । जग्गा हाल साविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको उनीमाथि आरोप छ । जोशीलाई पनि बुधबार नै पक्राउ गरेको आयोगले बिहीबार सार्वजनिक गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर