newskoseli.Com

यता संविधान दिवसको धुमधाम : उता बम विस्फोटको सन्त्रास !

राजधानीलगायत देशका प्रमुख सहरहरूमा संविधान दिवसको धुमधाम चलिरहँदा देशका केही भागमा भने बम विष्फोटको सन्त्रास छाएको छ ।

शुक्रबार बिहान सबेरै भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताएका छन् ।

विस्फोटन भएको ठाउँमा ‘दलाल पुँजीवादी सत्ताको विकल्प : वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको भन्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी मगरले दिए ।

नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजका निम्ति संखुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर