newskoseli.Com

‘म उठे फेरि हार्छु, रवीन्द्र अधिकारीको स्थानमा स्थानीयकै हक’ : वामदेव गौतम (स्ट्याटससहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रस्तावित केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले मंसिर १४ मा हुने उपचुनावमा दिवंगत नेता रवीन्द्र अधिकारीको स्थान (कास्की– २) बाट आफू नउठ्ने प्रष्ट्याएका छन् ।

शनिबार राजधानीमा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकमा आफूले कास्की– १ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपचुनावमा उम्मेदवारी नदिने जानकारी नेता गौतमले दिएका हुन् । सामाजिक सञ्जाल ‘फेसबुक’ पेजमा शनिबार साँझ ‘स्ट्याटस’ लेख्दै आउँदो उपचुनावमा आफूले उम्मेदवारी ददिने जानकारी सचिवालयको बैठकमा गराएको नेता गौतमले जनाएका हुन् ।

नेता गौतमले ‘स्ट्याटस’ मा लेखेका छन्– ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

आफू धेरै मतले अगाडि भए तापनि गत प्रतिनिधिसभा निर्वाचनमा वर्दियाबाट नियोजित रुपमै पराजित गराइएको गौतमले आरोप लगाउँदै आएका छन् । ‘फेसबुक स्ट्याटस’ मै गौतमले फेरि लेखेका छन्– ‘यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया– १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्‍यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’

आफू कास्की– १ बाट उपचुनावमा उम्मेदवार बने फेरि पनि हार्ने नेता गौतमले बताएका छन् । यसअघि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया– १ बाट उठेका गौतम कांग्रेसका सञ्जयकुमार गौतमसँग ७४३ मतले पराजित भएका थिए । सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गर्दा वामदेवले भने ४४ हजार ७६ मत प्राप्त गरेका थिए ।

कास्की– २ मा आफूभन्दा पनि स्थानीय नेताहरु उठ्दा सहज तरिकाले जित हात पार्ने भन्दै पहिलो हकदार कास्कीकै स्थानीय नेता भएको नेता गौतमले बताएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की– २ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको हो ।

यस्ताे छ फेसबुक पेजमा वामदेव गाैतमकाे स्ट्याटस–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर