
काभ्रेपलाञ्चोकको कोशिपारीस्थित फलाँटेमा बिहीबार यात्रुबस दुर्घटना भएको छ । पोखरीचौंरीतर्फबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३८६ नम्बरको यात्रुबस दुर्घटनामा परेको हो ।
गुडिरहेकै बेला ब्रेक फेल भई बस सडकमै पल्टिँदा दस जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये जगतबहादुर चौलागाईंको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाई दोलालघाटबाट एम्बुलेन्स बोलाएर उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ । तथा केही घाइतेलाई भने बलेरो गाडीमा धुलिखेल अस्पताल ल्याइँदै गरेको सोही बसमा सवार एक यात्रुले बताएका छन् ।
बसमा खचाखच यात्रु भए पनि ठूलो क्षति भने नभएको प्रत्यक्षदर्शीको भनाइ छ ।