newskoseli.Com

नाङ्गो भिडियो बनाएर युवती प्रयोग गर्दै ४० लाख माग्ने ४ जना थुनामा

युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख रुपैयाँ मग्दै सो नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विर्तामोड नगरपालिका– ४ मा मोटरसाइकलको रिकन्डिसन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम– १ घर भई हाल विर्तामोड– २ चारपाने बस्ने रितु फियाक, भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र विर्तामोड– ४ का २५ वर्षीय प्रकाश दासलाई शुक्रबार जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिएका छन् ।

विर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नाङ्गो भिडियो बनाएर ४० लाख रूपैयाँ फिरौती माग गरेको आरोपमा उनीहरुलाई प्रहरीले असार ३ मा पक्राउ गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर