newskoseli.Com

जब लाइसेन्स परीक्षाको प्रश्नपत्रमै सबै उत्तर भेटियो….

प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा एउटा परीक्षा ४० मिनेट स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’ मा अङ्ग्रेजी विषयको समूह ‘घ’ को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिए । प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो । आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष थापाले बताए ।

नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको जानकारी उनले दिए । सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले असोज ९ गतेदेखि ११ सम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर