newskoseli.Com

तलबभन्दा भत्ता धेरै खान्छन् सांसादज्यूहरू !

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५–७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८ सय २३ रुपैयाँ पुगेको छ, जुन सांसदहरूले एक वर्षमा पाएको तलबभन्दा धेरै हो । यो हिसाबअनुसार औसतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८ सय ८१ रुपैयाँ भत्ता बुझ्छन् जबकि उनीहरुको वर्षदिनको औसत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

यो हिसाबले सांसदले एक महिनामै औसत ९६ हजार ५ सय ७३ रुपैयाँ भत्ता बुझ्ने गरेको खबर शनिबारको बिनु सुवेदीको बाइलाइनमा कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर