newskoseli.Com

ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट : युवाहरुले बिथाेले ‘नेपालका लागि नेपाली’ को कार्यक्रम

नेपालमा फेरि राजतन्त्र फर्काउने कुराको वकालत गर्दै त्यसैका पक्षमा अभियान चलाइरहेको ‘नेपालका लागि नेपाली अभियान’ नामक एनजीओको कार्यक्रममाथि चितवनमा युवाहरुले हमला गरी बिफल पारिदिएका छन् । पछिल्लो समय विभिन्न उटपट्याङ गर्दै र उग्र तथा अराजक अभिव्यक्ति दिँदै चर्चामा आएका विवादास्पद र सन्देहास्पद युवा ज्ञानेन्द्र शाहीमाथि समेत त्यसै सन्दर्भमा कुटपिट भएको छ ।

आफूलाई ‘नेपालका लागि नेपाली अभियान’ कै एक अभियन्ता बताउने र सो ‘अभियान’ कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको भिडियो अन्तर्वार्ता समेत दिएका ज्ञानेन्द्र शाहीमाथि सत्तापक्षका कार्यकर्ताले सांघातिक आक्रमण गरेको सो पक्षको दावी छ ।

शाहीलाई सत्तारुढ नेकपाका कार्यकर्ताहरुले निर्घात कुटेको र उनको शरीरका ठाउँ–ठाउँमा चोटपटक लागेको उक्त ‘अभियान’ सम्बद्ध एक बौद्धिकले न्युजकोसेलीलाई बताए । चितवनको चौबिसकोठीमा आयोजित ‘खबरदारी सभा’ मा सहभागी हुन होटल ग्लोबलबाट निस्किएर गाडीमा चढेका शाहीमाथि सत्तारुढ दलनिकट विद्यार्थीहरुको झुण्ड जाइलागेको उनले बताए ।

‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै युवाहरुले कार्यक्रम बिथोलेका हुन् । कार्यक्रम सञ्चालन गर्न थालेपछि युवाहरुले ज्ञानेन्द्र शाहीको ब्यानरलगायतका सामग्री फालिदिएका थिए । युवाहरूको सोही समूहले ज्ञानेन्द्र शाही चढेको गाडीमा समेत तोडफोड गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर