newskoseli.Com

वर्ल्डलिंकले मानव सेवा आश्रमलाई दियो १० लाख सहयोग

सम्मानपत्र ग्रहण गर्दै कार्यकारी निर्देशक जालान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पूरा गरी २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको वर्ल्डलिंकले विगत २४ वर्षदेखि नेपालका सहरी तथा ग्रामीण भेगमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको छ । वर्ल्डलिंकले पछिल्लो समयमा आफ्ना ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यति मात्रै नभएर कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ । यसै क्रममा कम्पनीले आफ्नोे सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई हालै १० लाख रुपैयाँ सहयोग गरेको हो ।

मानवसेवा आश्रम भक्तपुर शाखाको गृहप्रवेश र उदघाटन समहारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ल्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मानपत्र ग्रहण गर्दै कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै असहाय, बेसहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरी निःस्वार्थ भावनालले सेवा गर्दै आएको मानव सेवा आश्रमलाई कम्पनीले १० लाख रुपैयाँका साथै मानव सेवा आश्रमका नेपालभरि रहेका १६ वटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए । ‘आश्रमले निःस्वार्थ सेवाबाट सडकमा रात बिताउन बाध्य भएका असहाय मानिसहरुलाई बस्नका लागि छत उपलब्ध गराएको छ,’ कार्यकारी निर्देशक जालानले भने– ‘यस्तो संस्थालाई सहयोग गर्न पाउनु हाम्रा कम्पनीका लागि पनि अवसरको विषय हो ।’

‘नेपालमा यस्ता असहाय र कमजोर मानिसहरु धेरै छन,’ जालानले भने– ‘सबै व्यक्ति र संघ–संस्थाले सहयोगको हात बढाएको अवस्थामा यसको समाधान हुन सक्ने छ र यही भावनाका साथ कम्पनीले संस्थालाई सहयोग गरेको हो ।’ कम्पनीले आगामी दिनमा पनि यस्ता सहयोगहरु निरन्तर कायम राख्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर