newskoseli.Com

‘डलर संस्कृतिले मुलुक खतरामा’ : नेता गुरुङ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्ति’ ले मुलक खतरामा रहेको बताएका छन् ।

बुधबार लमजुङको बेंसीसहरमा अनेरास्ववियु लमजुङले विजयदशमी, दीपावली तथा छठ पर्व– २०७६ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । विदेशीको संस्कार–संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमा–बुबा, परिवार, देश बिर्संदै जाँदा मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उनको भनाइ छ । गुरुङले भने– ‘व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ, नेपाली भाषा, संस्कार–संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत हुनुपर्ने समय आएको छ ।’

डलरको पछि नलागी आफ्नो परिश्रम–मेहिनेत गर्दै नवऔपनिवेशिक संस्कृतिका विरुद्ध आफ्नो संस्कार–संस्कृतिलाई जोगाउन जनवादी संस्कृति अवलम्बन गर्नुपर्नेमा प्रमुख सचेतक गुरुङले जोड दिए । कार्यक्रममा सङ्घीय सांसद एवं नेकपाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज यशोदा सुवेदी, साविक अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज दिव्यचन्द्र सोती लगायत पनि सहभागी थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर