संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको पद खुस्काउनुका साथै समग्र राजनीतिक जीवनलाई नै धरापमा पारिदिने चर्चित ‘महरा प्रकरण’ की एक पात्र रोशनी शाही र उनका श्रीमान् चित्रजंग शाहीले आफ्नो दाम्पत्य सम्बन्ध त्यागेकाे घाेषणा गरेका छन् ।
रोशनीका श्रीमान् चित्रजंग र रोशनीबीच शुक्रबार सम्बन्ध–विच्छेदको कानुनी प्रक्रिया अगाडि बढाइएको छ र दुवैले सम्बन्ध–विच्छेदसम्बन्धी ‘सहमतिपत्र’ मा हस्ताक्षर गरी सार्वजनिक गरेका छन् । आजै (असोज १६ गते शुक्रबार) का मितिदेखि नै दुई जनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएको चित्रजंगले बताएका छन् ।
समाजिक सञ्चाल ‘फेसबुक’ मार्फत चित्रजंगले सार्वजनिक गरेको सम्बन्ध–विच्छेदको यस्तो छ ‘सहमतिपत्र’–