newskoseli.Com

सुत्केरीलाई लोकल कुखुरा र घ्यु : वडा र वडाध्यक्षको ‘सगुन’ !

दिपायल सिलगढी नगरपालिका– ६ (डोटी) ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यु वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६–७७ देखि सुत्केरी महिलाका लागि उक्त सुविधा दिन सुरु गरिएको वडाध्यक्ष सन्तोष बोहराले बताए ।

‘सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होओस् भनेर हामीले कुखुरा र घ्यु दिन सुरु गरेका छौं,’ उनले भने– ‘हाम्रो अभियान राम्रै हुने आशा गरेका छौं ।’ आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एक–एक लोकल जातका कुखुरा र एक किलोग्राम घ्यु वितरण गर्ने कार्यको उक्त वडाले सुरुआत गरेको हो ।

वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घ्यु वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुशी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताए । उनले भने– ‘वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्ने छ ।’

चालू आर्थिक वर्षको साउनयता ९ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यु प्रदान गरिएको सो वडाकी वडा सदस्य दीपा श्रेष्ठले जानकारी दिइन् । स्थानीयवासी सुनिता धामीले भनिन्– ‘सुत्केरीलाई लोकल कुखुरा र घ्यु दिनु राम्रो हो, यो कार्य सबै वडाले गरे झन् राम्रो हुनेछ ।’ यसअघि दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर