
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सीमाना नजिकै पर्ने नेपालथोक भन्ने स्थानमा शनिबार मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बा ३ ख २३५९ नम्बरको मिनीबस तीब्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकहरूको सनाखत भएको छैन । घाइतेहरूलाई भने धुलिखेल अस्पताल पठाइएको छ ।
दसैं मान्न काठमाडौंबाट सिरहातर्फ हिँडेका २८ यात्रु लिएर जाँदै गरेको बसमा सवार अरू बीस जना भने सकुशल नै रहेको बताइएको छ ।