नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएको छ । राजधानीस्थित नर्भिक अस्तापतालमा उपचारका क्रममा आइतबार आचार्यको निधन भएको हो ।
नेपाल टेलिभिजनबाट अवकाश पाएपछि न्युज २४ टेलिभिजनमा आबद्ध रही कार्यरत आचार्यको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।