newskoseli.Com

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई अदालतकाे अनुमति

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । संघीय संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाहीलाई ‘बलात्कार प्रयास’ गरेको आरोपमा किटानी जाहेरी परेपछि महरालाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतको अनुमतिसँगै महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । महरा आइतबारै पक्राउ पर्ने स्रोतहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर