newskoseli.Com

यस्तो छ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका (विज्ञप्तिसहित)

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको तालिका चीन सरकारले सार्वजनिक गरेको छ । चिनियाँ विदेश मन्त्रालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सीको नेपाल तथा भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणतालिकालाई पुष्टि गरेको छ ।

यही मितिमा सीको भ्रमण हुने समाचार सार्वजनिक भए पनि चीन सरकारले यसअघि त्यसको आधिकारीक जानकारी दिएको थिएन । चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र अक्टोबर १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल र भारत दुवै देशमा एक–एक रात बिताएर १३ अक्टोबरमा उनी बेइजिङ फर्कने छन् ।

सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल सरकारले सीको भव्य स्वागतको तयारी गरेको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् ।

यस्ताे छ परराष्ट्र मन्त्रालयकाे विज्ञप्ति–

PRESS RELEASE

At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.

President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर