newskoseli.Com

११ जुवाडे कर्‍याप्प, सवा २ लाख रुपैयाँ पनि बरामद

सवा दुई लाख रुपैयाँसहित प्रहरीले बुधबार साँझ ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।

टोखा नगरपालिका– ११ स्थित पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले खालमै फिँजाइएको सवा दुई लाख रुपैयाँसहित ११ जनालाई नियन्त्रणमा लिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर