newskoseli.Com

मालपोतका हाकिम ‘आपत्तिजनक स्थिति’ मा परस्त्रीसँगै कर्‍याप्प

कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक जना विवाहित महिला (परस्त्री) को घरबाट ‘आपत्तिजनक स्थिति’ मा पक्राउ परेका छन् । स्थानीयवासीले दिएको सूचनाका आधारमा मालपोत कार्यालय बेलौरीका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका हुन् ।

मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला समेत पक्राउ परेकी छन् । मालपोत प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय बेलौरीले पुष्टि गरेको छ ।

महिलाकै परिवारका सदस्यले दिएको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् । मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर